काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको करोडौँ पर्ने बुद्धचित्तको रुख अज्ञात समूहले काटेको छ ।
बुद्धचित्त काटेकै स्थानमा चार थान सकेट बम भेटिएको काभ्रे प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलमा पुगेर थप अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ । बुद्धचित्त मालाको बोट १५–२० जनाको अपरिचित समूह आई काटेको खुलेको छ । बोट काटिएको स्थानमै, घरको ढोका र आँगनमा ४ वटा घरेलु सकेट बम राखिएको र सो नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट फेला परेको काभ्रे रोशी गाँउपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो । उक्त रुखबाट करोडौको बुद्धचित्त उत्पादन हुने भनिए पनि वडा कार्यालयमा बुद्धचित्त बिक्रिबितरणका लागि धनी र व्यापारीबीच करिव ९० लाखमा सम्झौता भइ त्यहि अनुसारको राजस्व बुझाएको उहाले बताउनुभयो ।
बुद्धचित्रको बोट काटेर नजिकै राखिएको घरेलु सकेट बम नेपाल आर्मीको बम भने आर्मीको डिस्पोजल टोलीले निष्कृय पारेको छ ।