भारतको अडानी समूहले आफ्नो कुल लगानीको ७० प्रतिशतभन्दा धेरै हरित ऊर्जामा लगानी गर्ने घोषणा

Everest Fuji News २०८० चैत्र ६ मा प्रकाशित       Published at 2024 Mar 19


एएनआई/

भारतको अडानी समूहले आफ्नो कुल लगानीको ७० प्रतिशतभन्दा धेरै हरित ऊर्जामा लगानी गर्ने घोषणा गरेको छ ।

समूहले आफ्नो लगानीको ७० प्रतिशत नवीकरणीय ऊर्जा, हरित हाइड्रोजन, हरित निकासी प्रसारण लाइनलगायतमा हुने बताएको समाचार संस्था एएनआईले जनाएको छ । अडानी समूहले गुजरातको खावडामा विश्वको सबैभन्दा ठूलो नवीकरणीय पार्क बनाइरहेको छ । अडानी समूहले आउँदो वर्ष ११ वटा कम्पनीमार्फत १४ अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको एएनआईको खबरमा उल्लेख छ । समूहको लगानीले भारतको ऊर्जा र यातायात क्षेत्रको अवस्था परिवर्तन गर्न महत्त्वपूर्ण हुने भारतीय सञ्चारमाध्यमले जनाएको छन् ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.