सुन तस्करी प्रकरणमा दोषी देखिए जस्तोसुकै पदमा पुगेका व्यक्तिलाई पनि कारवाही गर्नुपर्ने : महत

Everest Fuji News २०८० चैत्र ६ मा प्रकाशित       Published at 2024 Mar 19


काठमाडौँ /

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सुन तस्करी प्रकरणमा दोषी देखिए जस्तोसुकै पदमा पुगेका व्यक्तिलाई पनि कारवाही गर्नुपर्ने बताउनुभएको छ ।

आज संसद भवन परिसरमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुमाथि अनुसन्धान गर्दा दोषी देखिए कारवाही गर्नुपर्ने बताउनुभएको हो । सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको अवस्थामा अहिले नै अनुसन्धान गर्ने निकायलाई अविश्वास गर्न नमिल्ने उहाको भनाइ छ । सुशासन र भ्रष्टाचारमुक्त समाजको पक्षमा आफुहरु रहेको भन्दै उच्च मर्यादामा पुगेका व्यक्तिहरुले त्यसलाई पालना गर्नुपर्ने उहाको भनाइ छ ।

त्यस्तै महतल,े कांग्रेसले कसैलाई प्रधानमन्त्रीको अफर नगरेको र अफर गरेको भन्नेलाई प्रमाण देखाउन चूनौति दिनुभयो ।

उहाले सरकारका मन्त्रीका रुपमा रहेका व्यक्तिहरु उपर लागेका आरोपहरुको अनुसन्धान गर्दा प्रभावित हुने बिषयलाई कांग्रेसले संसदमा उठाएको भन्दै यसलाई स्वभाविक रुपमा लिनुपर्ने धारणा राख्नुभयो ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.