महालक्ष्मी विकास बैंकले महिला उद्यमी सशक्तीकरणका लागि नयाँ पहलकदमी सुरू गरेको छ ।
अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा बैंकले आलय प्रालि र रायन इनर्जी प्रालिको सहकार्यमा महिला उद्यमीहरूको वित्तीय पहुँच तथा स्वच्छ ऊर्जामा पहुँच अभिवृद्धि गरी दीगो विकास लक्ष्य प्राप्त गर्न नयाँ पहलकदमीको सुरुवात गरेको हो । यसअन्तर्गत बैंकले बनेपा, धुलिखेल र काभ्रेपलान्चोकमा रहेका महिला लघु उद्यमीहरूलाई विद्युतीय सवारी साधन खरिदका लागि वित्तीय सहयोग प्रदान गर्नेछ । साथै आधिकारिक विक्रेता तथा निर्माताको रूपमा रहेको रायन इनर्जीले सुरक्षित तथा वातावरणीय अनुकुल विद्युतीय सवारी साधनहरू ऋापूर्ति गर्नेछ र सोको आवश्यक प्रशिक्षण, मर्मत सम्भार तथा वारेन्टी समेत प्रदान गर्नेछ । यो सहकार्य नेपालमा हरित अर्थतन्त्रको प्रवर्द्धन, वित्तीय विशेषज्ञता तथा नवीनतम प्रविधिको विकास तथा लैङ्गिक समानता हासिल गर्न एक गतिशील साझेदारीको रूपमा रहने छ । साथै यो सम्झौताले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउने, समुदायको दीगो विकास गर्ने तथा पर्यावरणीयमैत्री यातायातको अवलम्बन गर्ने प्रमुख लक्ष्य लिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।