स्वयंसेवी रक्तदाताको सङ्ख्या बढाउन सरकारी र गैरसरकारी विभिन्न क्षेत्रबाट निरन्तर अभियान चलाउनुपर्नेमा सञ्चारमन्त्रीको जोड

Everest Fuji News २०८० फाल्गुन २८ मा प्रकाशित       Published at 2024 Mar 11


सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रक्तदानलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

ब्ल्ड डोनर्स एसोसिएसन नेपाल ब्लोदानको आयोजनामा ललितपुरमा आजदेखि शुरु भएको दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलनको उद्घाटन गर्दै उहाँले स्वयंसेवी रक्तदाताको सङ्ख्या बढाउन सरकारी र गैरसरकारी विभिन्न क्षेत्रबाट निरन्तर अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । सरकारले दिँदै आएको लोककल्याणकारी विज्ञापनमा रक्तदानको चेतनासम्बन्धी सामग्री थप्ने उहाँको प्रतिबद्धता छ ।

दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन आज र भोलि दुई दिन ज्यापु प्रज्ञा भवन भोलढोका, बालकुमारीमा चल्नेछ । यो सम्मेलनमा भारतसहित अरू देशका प्रतिनिधि पनि सहभागी भएका ब्लोदानका केन्द्रीय उपाध्यक्ष तथा दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन प्रचार–प्रसार उपसमितिका संयोजक राजेश श्रेष्ठले जानकारी दिनुभयो । ब्लोदानले २०७० जेठ ३० र ३१ गते प्रथम अन्तर्राष्ट्रिय रक्त सम्मेलन गरेको थियो ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.