काठमाडौं/
प्राधिकरणको प्रावधान अनुसार वर्षेनि पुस मसान्तभित्र दूरसञ्चार ऐन २०५३ तथा दूरसञ्चार नियमावली २०५४ अनुसार सबै सेवाप्रदायकले अनिवार्यरूपमा वार्षिकरूपमा आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत आरटीडीएफ तिर्नुपर्छ। एनसेलले गत आर्थिक वर्षमा सबैभन्दा बढी रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष आरटीडीएफमा योगदान गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एनसेलले गत आर्थिक वर्षमा यी दुवै शीर्षकमा २ अर्बभन्दा बढी राजश्व तिरेको छ।
यो कम्पनीले गत आर्थिक वर्ष २०७९र८० मा रोयल्टीअन्तर्गत १ अर्ब ४७ करोड रूपैयाँ बुझाएको छ भने आरटीडीएफबापत ७३ करोड ७५ लाख रुपैयाँ सरकारलाई बुझाएको छ। आर्थिक वर्ष २०७८र७९ मा सरकारलाई बुझाएको यस्तो रकममा रोयल्टी १ अर्ब ५८ करोड रूपैयाँ रहेको थियो। त्यसैगरी आरटीडीएफमा योगदान ७९ करोड १ लाख थियो।