पछिल्लो पाँच दिनदेखि शेयर बजार ओरालो

Everest Fuji News २०८० फाल्गुन १० मा प्रकाशित       Published at 2024 Feb 22



काठमाण्डौ /
शेयर बजार आज पनि घटेको छ । पछिल्लो पाँच दिनदेखि शेयर बजार ओरालो यात्रामा छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ७६ अङ्कले घटेर दुई हजार ५ दशमलव ८३ विन्दुमा झरेको छ । फाइनान्स र उत्पादन समूहको शेयर सामान्य बढे पनि अरु सबै समूहको शेयर घटेको छ ।
आज सबैभन्दा धेरै हिमालय उर्जा विकास कम्पनीको शेयर साढे सात प्रतिशत र बाराही हाइड्रोपावर कम्पनीको शेयर साढे ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेकोे दिन आज समाज लघुवित्तको शेयर १० प्रतिशत तथा जोशी हाइड्रो र साम्लिङ पावर कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ । आज ९५ लाख १८ हजार कित्ता शेयर तीन अर्ब २० करोड ६१ लाख रुपैयाँमा कारोबार भएका छन् ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.