काठमाडौँ /
साताको अन्तिम दिन सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँ पुगेको हो
बिहीबार छापावाला सुन प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँ थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य पनि तोलामा ६ सय रुपैयाँले बढेको छ । बिहीबार प्रति तोला १ तोला १ लाख १५ हजार ९५ रुपैयाँ कारोबार भएकोमा आज प्रतितोला १ लाख १६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १४१० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १३७५ रुपैयाँमा कारोबार भएको थियो ।