सुनसरी/
सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिक आइतबार एउटा भारतीय स्कोरपियो गाडीलाई रोकेको थियो। शंकास्पद अवस्थाको बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेर खानतलासी गर्दा नक्कली नोटहरु बरामद भएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए। सुनसरीबाट ठूलो परिणाममा नक्कली नोट बरामद भएको छ। प्रहरीले नेपाली १ करोड ८२ लाख ५१ हजार रूपैयाँ बराबरको नक्कली नोट बरामद गरेको हो।