शेयर बजार आज सामान्य बढेयो

Everest Fuji News २०८० माघ २४ मा प्रकाशित       Published at 2024 Feb 07


काठमाण्डौ /


 शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ९२ अङ्कले बढेर दुई हजार ९० दशमलव ६४ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक अरू समूहको शेयर बढेकोमा जीवन बीमा, होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर र एसियन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन एनसीसी डिबेन्चर २०८६ को शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज ७७ लाख ३२ हजार कित्ता शेयर दुई अर्ब ८४ करोड २५ लाख रुपैयाँमा कारोबार भएको छ ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.