अरुण चौधरीलाई दुई दिनभित्र अनुसन्धान नसकिए हाजिरी जमानीमा छाड्न आदेश

Everest Fuji News २०८० माघ २३ मा प्रकाशित       Published at 2024 Feb 06



काठमाडौं/

काठमाडौं जिल्ला अदालतले व्यवसायी अरुण चौधरीलाई दुई दिनभित्र अनुसन्धान नसकिए हाजिरी जमानीमा छाड्न आदेश दिएको छ। प्रतिवादीबाट थप बुझ्नुपर्ने वा कागज गराउन नपर्ने भएमा सो अगावै पनि अनुसन्धान अधिकारीले हाजिर जमानीमा छाडन सक्ने र सो नभएमा म्याद थप भएको दुई दिनभित्र यी प्रतिवादीहरूबाट बुझ्नु पर्ने बाँकी काम सम्पन्न गर्ने र सम्पन्न हुन नसक्ने भएमा निजहरूलाई अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पूरा गर्नु भनि मुलुकी फौजदारी कार्यविधि सहिता २०७४ को दफा १४९६० बमोजिम यो आदेश गरिदिएको छ,ु आदेशमा भनिएको छ।न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोलाई दुई दिनको म्याद थप गर्दै सो समयमा अनुसन्धान सम्पन्न नभए हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको हो।

आरोपित प्रतिवादी अजितनारायण सिंह थापाको उमेर ८० वर्ष माथि रहेको अन्य प्रतिवादीहरू पनि अन्य पेसा व्यवसायमा रही हजारौं नागरिकलाई रोजगारी प्रदान गरी अभिभावकको रूपमा रहिआएकाले प्रतिवादीहरूलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेखिएको आदेशमा भनिएको छ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.