ढोरपाटन नगरपालिकाका मेयरलाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी

Everest Fuji News २०८० माघ १२ मा प्रकाशित       Published at 2024 Jan 26


काठमाण्डौ /

झन्डै दुई अर्ब रुपैयाँ हिनामिना गरेर फरार भएका  ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी भएको छ ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका देवकुमार नेपालीलाई पक्राउ गर्न नेपाल प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय फौजदारी सङ्गठन ९इन्टरपोल लाई आग्रह गरेपछि इन्टरपोलले ुरेड कर्नर नोटिसु निकालेको हो । उनीमाथि इमेज सहकारीका बचतकर्ताको एक अर्ब ६० करोड र विभिन्न बैंकहरूको ३५ करोड गरी दुई अर्ब रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

नेपाली गएको वैशाखदेखि नै फरार छन् । बचतकर्ताको उजुरीका आधारमा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् । उनीहरूलाई जिल्ला अदालत बाग्लुङको गएको साउन ५ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको छ । संस्थाकी कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई प्रहरीले हिजो ललितपुरबाट पक्राउ गरेको छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.