भिरकोट नगरपालिका–७ मा यस वर्ष ११ करोड रुपैयाँ बढीको सुन्तला बिक्री

Everest Fuji News २०८० माघ ९ मा प्रकाशित       Published at 2024 Jan 23



वालिङ/

वालिङ - ९स्याङ्जा स् स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष ११ करोड रुपैयाँ बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित छ । भिरकोट –७ का वडाध्यक्ष एवं सुन्तला सुपरजोन स्याङ्जाका सञ्चालक समिति अध्यक्ष ताराप्रसाद अर्यालले आफ्नो वडामा यसवर्ष सुन्तला बिक्रीबाट रु ११ करोड बढी भित्रिएको बताए ।
करिब एक सय घरपरिवारले व्यावसायिकरूपमा सुन्तला उत्पादन गर्दै आइरहेका उनले जानकारी दिए । ‘यस वडाका अधिकांश किसान व्यावसायिकरूपमा सुन्तलाखेतीमा यहाँ यस वर्ष सबैभन्दा थोरैमा रु ५० हजारदेखि लिएर धेरैमा रु ३० लाखसम्म आम्दानी गर्नुभएको छ अध्यक्ष अर्यालले भने, 


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.