यौन शोषण, व्यक्ति वेपत्ता आरोपमा पक्राउ परेका बम्जनबाट तीन करोड ३५ लाख बरामद

Everest Fuji News २०८० पुष २५ मा प्रकाशित       Published at 2024 Jan 10



काठमाडौँ/

यौन शोषण, व्यक्ति वेपत्ता  आरोपमा पक्राउ परेका  रामबहादुर बम्जनसँग उनको साथबाट तीन करोड ३५ लाख बरामद गरेको प्रहरीले गाडी किन्न हालसालै तीन करोड रकम बुझाएको अनुसन्धानबाट खुलेको बताएको छ। पाँच करोडमा गाडी किन्न खोजेका उनले बाँकी दुई करोड बुझाएर सेतो रङको ल्याण्ड क्रुजर जेडएक्स गाडी किन्ने प्रक्रियामा रहेका भेटिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीका प्रमुख किरण बज्राचार्यले बताइन्। अच्चम्मको कुरा त उनले आफ्नो नाममा भने गाडी किनेका छैनन्।
उनले हाल भने प्रदेश–३–०१ ०२४ च ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयटा फुर्टनर प्रयोग गरिरहेका थिए। उनले आफ्नै प्रयोगका लागि किन्न लागेको सेतो रङको ल्याण्ड क्रुजर जेडएक्स गाडी ललितपुरको बुङमती बस्ने बौद्ध धर्म संघ ललितपुरका अध्यक्ष पनित महर्जनको नाममा धुम्बाराहीस्थित युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिको शोरुममा ५ करोडमा बुक गरेका थिए ।
त्यसका लागि एड्भान्सस्वरुप तीन करोड भुक्तानी गरिसकेका थिए बाँकी भुक्तानीको प्रक्रियामा थियो । उनले क्रस फायर बाइक, डुक र चार वटा स्कुलर प्रयोग गर्ने गरेको पनि खुलेको छ। प्रहरी श्रोतका अनुसार उनले आश्रमलगायत अन्य विभिन्न क्षेत्रमा पनि पैसा राखेको आशंका गरिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी०ले रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दा उनको अगाडि विदेशी मुद्रासहित करोडौँ नेपाली पैसाको थुप्रो पनि देखाइएको थियो।
 लामो समयको खोजतलासपछि काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–६ मा रहेको आफ्नै घरमा लुकिछिपी बस्दै आएका बम्जन पक्राउ परेका हुन्।
“पक्राउ गर्ने क्रममा घरको चौथो तलामा रहेको दक्षिणतर्फ झ्यालबाट खाली रहेको भिरालो जमिनमा हाम्फालेर भाग्न लागेका बेला ब्यूरोको टोलीले निजलाई पक्राउ गरेको हो।
 


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.