शंका लागेर सोधपुछ गर्दा स्रोत नखुलेको १९ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ

Everest Fuji News २०८० पुष ११ मा प्रकाशित       Published at 2023 Dec 27


विराटनगर /

 मोरङ प्रहरीले स्रोत नखुलेको १९ लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरीको देवानगन्ज गाउँपालिका(५ साहेबगन्जका ४९ वर्षीय सुरेप्रसाद साह छन्। उनलाई बुधबार दिउँसो विराटनगर महानगरपालिका(६ केशलियामार्गबाट नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जानकारी दिए।

‘प्रहरी टोलीले शंका लागेर सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि हामीले नियन्त्रणमा लिएका हौं। अनुसन्धान गरिरहेका छौं, मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.