भैरहवाको गौतमबुद्ध विमानस्थलमा उडान अवतरण हुने योजना कार्यान्वयनमा सरकारले कुनै कदम नचालेको भन्दै व्यवसायी एक साता पहिलेदेखि धर्ना दिइरहेका छन्।
मानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न तथा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्री, मुख्यमन्त्री, सरोकारवाला मन्त्रालयमा ज्ञापनपत्र, ध्यानाकर्षण, छलफल र अन्तरक्रियालगायत पटक–पटक सरकारलाई दबाब दिँदै आए पनि सुनुवाइ नभएपछि व्यवसायी विरोध कार्यक्रममा उत्रिएका हुन्। रूपन्देही क्षेत्रका व्यापारी संघसंस्था तथा व्यवसायीले विरोध र्याली गरेका थिए।
गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्नामा बस्दै आएका छन्। आन्दोलनमा रूपन्देहीका सबै व्यावसायिक संस्थाले ऐक्यबद्धता जनाएका छन्।