काठमाडौं /
सेयर बजार ओरालो लाग्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। नेप्से मंगलबार ०।५४ प्रतिशतले घटेर १८३७।७१ बिन्दुमा पुगेको छ। नेप्से घटेको दिन ३८ हजार ५८४ पटकको कारोबारमार्फत २ सय ९२ स्क्रिप्टको ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४ सय ३८ रुपैयाँमा खरिदबिक्री भए। त्यसमध्ये सबैभन्दा बढी माउन्ट इनर्जीको ३६ करोड रुपैयाँको कारोबार भएको छ।साताको पहिलो र दोस्रो कारोबार दिन अर्थात् आइतबार र सोमबार नेप्से परिसूचक घटेकामा मंगलबार पनि १०।१० अंकले गिरावट आएको हो।