रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा निजी घर बन्दै

Everest Fuji News २०८० मंसिर १९ मा प्रकाशित       Published at 2023 Dec 05


बुटवल /

प्रादेशिक औद्योगिक क्षेत्र निर्माणका लागि औद्योगिक क्षेत्र व्यवस्थापनको नाममा लिइएको रूपन्देही मोतीपुरको जग्गामा निजी घर बन्दै गएका छन्। औद्योगिक क्षेत्र बनाउने स्थानका घरहरू हटाउनुपर्नेमा निर्माणको क्रम झन् बढेको हो।लुम्बिनी प्रदेशमा बाँकेको नौवास्ता र रूपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाइएको थियो। अहिले दुवै क्षेत्रमा योजना अनुरूप काम हुन सकेको छैन। मोतीपुर औद्योगिक क्षेत्रको लागत १२ अर्ब रुपैयाँ अनुमान गरिएको छ। यो औद्योगिक क्षेत्रमा ५ सय ४४ प्लट हुने भनिएको छ। औद्योगिक क्षेत्रभित्र चार लेनको मुख्य सडक, दुई लेनको सहायक सडक, साइकल लेन र फुटपाथ निर्माण हुनेछ। विद्युतको आपूर्ति चौबिसै घण्टा हुनेछ। जसका लागि औद्योगिक क्षेत्रभित्र ४० मेगावाटको फिडर, वाटर ट्रिटमेन्ट प्लान्ट र स्वास्थ्य केन्द्रको समेत सुविधा हुनेछ।

निजी घरहरू बढ्दै जाँदा औद्योगिक क्षेत्र निर्माणका योजना सुस्ताउँदै गएका छन्। मोतीपुर औद्योगिक क्षेत्र बनाउनका लागि आयोजना कार्यालयदेखि सुरक्षार्थ सशस्त्र प्रहरीको गुल्मसमेत खडा भएको छ। ती कार्यालयले जग्गा संरक्षण गर्न सकेका छैनन्। औद्योगिक क्षेत्र बन्नुपर्नेमा स्थानीयले धमाधम घर निर्माण गरिरहेका छन्। आयोजना कार्यालय र सशस्त्र प्रहरीको सुरक्षा गुल्म बेखबर जस्तै छन्।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.