निगमले पेट्रोल र डिजेलको मूल्य घटाएयो

Everest Fuji News २०८० मंसिर १५ मा प्रकाशित       Published at 2023 Dec 01


काठमाडौं/

 नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। निगमको सञ्चालक समितिको बैठकले बिहीबार रातिदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको छ।

भारतबाट मूल्य घटेर आएपछि निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ४ रुपैयाँ घटाएको हो।

यससँगै काठमाडौंमा पेट्रोलको मूल्य १७० पुगेको छ भने भने डिजेल र मट्टितेलको मूल्य १६० पुगेको छ। त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भारतबाट वृद्धि भएर आए पनि निगमले ग्यासको मूल्य यथावत राखेको छ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.