सिमरा/
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानामा रहेको कुमारी बैंकको एटिएम मेसिन फोडेर शनिवार राती पैसा चोरी गर्ने प्रयास भएको छ। सुन्दरबस्तीमा रहेको एटिएम मेसिन फोडे पनि भल्ट फुटाउन नसकेपछि चोरले रकम चोरी गर्न पाएनन्।
सटरको ताला फुटाएर भित्र पसेका चोरले एटिएम मेसिन फोडेका थिए। तर भल्ट फुटाउन नसकेका कारण पैसा सुरक्षित रहेको बैंकको भनाई छ। बैंकका शाखा प्रवन्धक पंकजकुमार उपाध्यायले एटिएम मेसिनको अवस्था हेर्दा रकम चोरी गर्न नपाएको जस्तो देखिएपनि प्रहरीको उपस्थितीमा भेरिफाई’ गर्ने तयारी भईरहेको जानकारी दिए।
बैंकमा रहेका सुरक्षागार्डले आइतबार बिहान करिब ३.३० बजे एटिएम मेसिन फोडिएको जानकारी पाएका थिए। सिसिटिभी क्यामरा बन्द अवस्थामा देखेपछि जाँच गर्ने क्रममा सुरक्षागार्डले एटिएम राखिएको सटर र मेसिन फोडिएको अवस्थामा देखेका थिए।