नेप्से परिसूचक २३ दशमलव ८२ अंकले ओरालो

Everest Fuji News २०८० मंसिर ६ मा प्रकाशित       Published at 2023 Nov 22


काठमाडौँ/

नेप्से परिसूचक आज मंगलवार २३ दशमलव ८२ अंकले ओरालो लागेको छ। आज नेप्से १ दशमलव २८ प्रतिशतले घटेर १ हजार ८२९ दशमलव ६५ को बिन्दुमा कायम भएको हो।

आज विभिन्न कम्पनीका २८५ वटा कम्पनीका ३६ लाख ७५ हजार १०१ कित्ता शेयर ३७ हजार ६०७ पटक खरिदबिक्री हुँदा ९५ करोड ४ लाख ७९ हजार ५८३ बराबरको कारोबार भएको छ।

आजको कारोबारपछि बजार पुँजीकरण २८ खर्ब २१ अर्ब १ करोड ८१ लाख ८७ हजार ८८० रुपैयाँ बराबर पुगेको छ।

आज म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ४२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेका छन्।

सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक ३ दशमलव १२ र लघुवित्त समूहको २ दशमलव ८९ प्रतिशतले बढेको छ।

मेन्छियम हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ८ दशमलव १३ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने माथिल्लो मैलुङखोला हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९ दशमलव ७४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको ७ करोड ७८ लाख २९ हजार २३८ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.