दसैंमा यात्रुलाई आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले सार्वजनिक सवारीलाई रुट परमिट खुला

Everest Fuji News २०८० आश्विन २७ मा प्रकाशित       Published at 2023 Oct 14


काठमाडौं /


 सरकारले नेपालीहरुको महान् पर्व बडा दसैंमा यात्रुलाई आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले  सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा गत असोज २३ गते बसेको यातायात व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको हो।

रुट परमिट खुला आगामी कात्तिक १० गतेसम्म जारी रहने बताइएको छ। रुट परमिट खुला गरेसंगै अब सार्वजनिक सवारी यात्रु लिएर देशका विभिन्न भागमा निर्बाधरुपमा जान पाउने भएका छन्।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.