काठमाडौं/
नेपाली विद्यार्थी २५३ जना लिएर नेपाल एयरलाइन्सको जहाज इजरायलबाट नेपाल फर्केको छ। विमान दुबई ट्रान्जिट हुँदै राति साढे १ बजे काठमाडौंमा अवतरण गर्ने परारष्ट्र मन्त्रालयले जनाएको छ।
प्यालेस्टाइन चरमपन्थी समूह हमास र इजरायबीच युद्ध चर्किएपछि त्यहाँ रहेका नेपालीलाई उद्धार गरी ल्याउन सरकारले जहाज पठाएको हो। जहाजमा युद्धमा घाइते भएका दुई विद्यार्थीसमेत रहेका छन्।
उनले इजरायलबाट व्यवसायिक उडानहरू पनि रहेकाले त्यस उडानमार्फत् पनि आउन चाहने नेपालीहरूका लागि सहजीकरण गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ताले बताइन्।नेपालीको उद्धार गरी ल्याउन परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरन पनि इजरायल गएका थिए।