धनगढी /
आज हुने नेकपा एमालेको सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट उद्घाटन हुने कार्यक्रम रहेको छ ।
कार्यक्रममा अध्यक्ष ओलीसँगै पार्टीका महासचिव शङ्कर पोखरेल, सचिव लेखराज भट्ट, प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापालगायतको उपस्थिति रहने भएको छ ।
अधिवेशनमा ६७५ जना प्रतिनिधि सहभागी रहने पार्टीका सुदूरपश्चिम अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए । नौ वटा जिल्लामध्ये सबैभन्दा बढी प्रतिनिधि बाजुराका रहेका छन् । पार्टी प्रदेश अध्यक्ष भण्डारीका अनुसार बाजुराबाट २८ महिला, ५९ पुरुष र ४१ दलित गरी एक सय २८, कैलालीमा २७ महिला, ७० पुरुष र २० दलित गरी एक सय १७ जना प्रतिनिधि रहेका छन् ।