काठमाडौं :
प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको मूल्य साविककै कायम गर्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन्। आइतबार आकस्मिक मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वनजिक गर्ने क्रममा सूचना सञ्चार तथा प्रविधिमन्त्रीले यसविषयमा प्रधानमन्त्री दाहालले पूरानै मूल्यमा कारोबार गर्न निर्देशन दिइसकेको जानकारी दिएकी हुन्।
उनले भनिन्,' मूल्य समायोजनको विषय क्याविनेटको नभए पनि प्रधानमन्त्रीज्यूले पुरानै मूल्य कायम गर्न निर्देशन दिइसक्नु भएको छ। यसबारे नेपाल आयल निमगले केहीबेरमा सूचना सार्वजनिक गर्छ। '
मूल्य समायोजन प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य तोकिदै आएपनि चाडर्पवको अवसमार मूल्य वृद्धि भएकाले पहिलेकै मूल्यमा कारोबार गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनको भनाइ छ।