पोखरा
विश्व पर्यटन दिवसको अवसरमा बुधबार पोखराका फेवाताल किनारमा मिनी सडक महोत्सव हुने भएको छ। ४४औं विश्व पर्यटन दिवसको नारा ‘टुरिजम एन्ड ग्रिन इन्भेस्टमेन्ट’ रहेको छ।
रेवान पोखराको अयोजनामा वाराहीचोकदेखि खहरेचोकसम्म साँझ ५ बजेदेखि मिनी सडक महोत्सवको आयोजना हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए। पोखरामा रहेका पर्यटकलाई नेपाली कला, संस्कृतिसँगै नेपाली खानाका परिकार सडकमै पस्कने गरी एकदिने सडक महोत्सव हुन लागेको हो। कार्यक्रममा भारतीय टुर अप्रेटर र भारतीय मिडियालाई पनि निमन्त्रणा गरिएको बताइएको छ।