स्याकार ट्रेडिङ कम्पनीले ल्यायो ‘दसैँमा दश लाख’ नामक ग्राहकमुखी उपहार योजना

Everest Fuji News २०८० आश्विन ८ मा प्रकाशित       Published at 2023 Sep 25



 होन्डा टु ह्विलर्सको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘दसैँमा दश लाख’ नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ । कम्पनीले होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले स्क्र्याच कुपनमार्फत १० लाख रुपैयाँसम्म नगद जित्न सक्ने योजना ल्याएको हो ।यसका साथै ‘चुज योर स्किम’ योजनाअन्तर्गत ग्राहकले १० हजार रुपैयाँसम्मको थप स्क्र्याच कार्ड पाउन सक्ने वा १२ हजार पाँच सय रुपैयाँबराबरको पाँचवर्षे एएमसी प्याकेज पाउन सक्ने जनाइएको छ ।ग्राहकलाई अझ आकर्षक योजना प्रदान गर्ने उद्देश्यले ‘रु. १ फाइनान्स योजना’मा पनि ‘दसैँमा दश लाख’ योजना उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ । साथै, होन्डा बिग बाइकको खरिदमा एक लाख रुपैयाँसम्मको छुट पनि उपलब्ध हुने उल्लेख छ । योजना सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीको भनाइ छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.