वेस्टर्न युनियन मनी ट्रान्सफरको दसैँ, तिहार, छठ अफर , ‘दसैँमा दश गुणा’ नामक अभियान सुरु

Everest Fuji News २०८० आश्विन ८ मा प्रकाशित       Published at 2023 Sep 25


वेस्टर्न युनियन मनी ट्रान्सफरले दसैँ, तिहार र छठ पर्वको अवसर पारेर ‘दसैँमा दश गुणा’ नामक अभियान सुरु गरेको छ । कम्पनीले चाडपर्वको अवसरमा ग्राहकको खुसी गुणा गर्ने लक्ष्यसहित योजना ल्याएको हो ।

योजनामा सहभागी हुनका लागि ग्राहकले नोपलमा रहेका वेस्टर्न युनियन मनी ट्रान्सफर सेवाको कुनै एक भुक्तानी काउन्टरबाट रेमिट्यान्स प्राप्त गरेको हुनुपर्ने सर्त राखिएको छ । देशभरमा १५ हजारवटा भुक्तानी काउन्टर रहेको कम्पनीको भनाइ छ । रेमिट्यान्स प्राप्त भएका कारोबारहरू स्वतः साप्ताहिक र बम्पर ड्रमा समावेश हुने कम्पनीले जनाएको छ ।योजना मंसिर १० सम्म लागू हुने जनाइएको छ । योजनाअनुसार आठ हप्तासम्म ६४ जना भाग्यशाली ग्राहकले २५ हजार रुपैयाँसम्मको कारोबारमा दुई गुणा र सोभन्दा बढीको कारोबारमा २५ हजार रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।

साथै, बम्पर पुरस्कारका रूपमा एक लाख रुपैयाँसम्मको कारोबारमा दश गुणा रकम पाउने तथा ५० हजार रुपैयाँभन्दा कम कारोबारमा पाँच लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख छ । पुरस्कारको रकम एक लाख रुपैयाँभन्दा बढी भएमा १० लाख रुपैयाँ प्राप्त गर्ने कम्पनीले जनाएको छ । वेस्टर्न युनियन मनी ट्रान्सफरले विश्वका दुई सयभन्दा बढी देशबाट रेमिट्यान्स सेवा दिँदै आएको जनाएको छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.