वैदेशिक रोजगारीमा जापान पठाइ दिने भन्दै रकम ठगी गर्ने दुईजना पक्राउ

Everest Fuji News २०८० आश्विन २ मा प्रकाशित       Published at 2023 Sep 19


काठमाडौं


 प्रहरीले वैदेशिक रोजगारीमा जापान पठाइ दिने भन्दै रकम ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- २९ मैतीदेवी बस्ने खोटाङ साकेला गाउँपालिका १ का राजकुमार गुरूङ र सोही ठाउँ बस्ने इटहरी उपमहानगरपालिका- १९ का उदय गुरूङ रहेका छन्।

उनीहरू वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै टेकप्रसाद गौतमबाट २ लाख ७० हजार रुपैयाँ लिइ फरार रहेका थिए। ठगी गरेको उजुरीका आधारमा राजकुमार र उदयलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र मिश्रले जानकारी दिए।

उनीहरूलाई प्रहरीले मंगलबार दिउँसो घट्टेकुलोबाट नियन्त्रणमा लिएको हो। वैदेशिक रोजगारीका लागि जापान जान १५ लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि कुकमा काम लगाइदिने र मासिक १ लाख तलब हुने आश्वासन दिइ रकम ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.