विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले विज्ञप्ति जारी गर्दै जसपा मोरङ अध्यक्ष यादवलाई दुर्व्यवहार गर्ने तीन जना नगर प्रहरीलाई नगर प्रहरीका नगरहवल्दार रमेश निरौला भण्डारी, नगर प्रहरी जवान बिक्रम श्रेष्ठ र बब्लु केशरीलाई मंगलबारबाट लागु हुने गरी सेवाबाट हटाएको जानकारी जनाएको हो।
महानगरपालिका क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि ड्युटीमा खटिने क्रममा गत भदौ २७ गते विराटनगर–७ कोशी अस्पताल अगाडि रहेको स्नेहा फार्मेसीका सञ्चालक समेत रहेका जसपा जिल्ला अध्यक्ष यादवसँग विवाद भएको थियो। सिटी सफारीमा लगाइएको लक खोल्न आग्रह गर्ने क्रममा यादवले नगर प्रहरीलाई अभद्र तरिका उपनाएको भन्दै उनीहरूले थप नगर प्रहरी बोलाएर यादवलाई फार्मेसीबाट निकालेर नगर प्रहरीमा पुर्याएका थिए।