एनसेलले मनायो सेवा सञ्चालनको १८औं वार्षिकोत्सव

Everest Fuji News २०८० आश्विन १ मा प्रकाशित       Published at 2023 Sep 18


काठमाडौं


एनसेल आजियाटा लिमिटेडले आइतबार आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सव मनाएको छ । दूरसञ्चार कम्पनी एनसेल आजियाटा लिमिटेड सन् २००५ को १७ सेप्टेम्बरमा स्थापना भएको थियो । सोही समयदेखि एनसेल (पहिले मेरो मोबाइल)ले आफ्नो सेवा सञ्चालनमा ल्याउँदै यात्रा सुरु गरी आइतबार १८औं वार्षिकोत्सव मनाएको हो ।

एनसेल आजियाटाले सेवा सञ्चालनको १८औं वार्षिकोत्सव मनाउँदासम्म विगत १८ वर्षको अवधिमा नेपालीलाई विश्वस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराएको जनाएको छ । नेपाली जनसमुदायलाई विश्वस्तरीय दूरसञ्चार सेवामार्फत जोड्दै प्रविधि र कनेक्टिभिटीको पहुँचले दिने लाभ निरन्तर प्रदान गर्दै आएको सो कम्पनीले जनाएको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीइओ) एवं प्रबन्ध निर्देशक जाब्बिर कायुमोमले एनसेलको १८ वर्षको उल्लेखनीय यात्रा’bout आफ्नो उत्साह र भावना प्रकट गर्दै भने, ‘१ करोड ६० लाखभन्दा बढी नेपाली नेपालको अर्थतन्त्रको अभिन्न अंग बन्न पाएकोमा हामी गर्व गर्छौं । एनसेल सधैं नेपाल र नेपालीलाई गुणस्तरीय सेवाले जोड्न प्रतिबद्ध छ र अब हामी देशको दूरसञ्चार आवश्यकता र प्रविधि विकासलाई सम्बोधन गर्न अझै जिम्मेवार बनेका छौं ।’

बहुसंख्यक नेपालीका लागि पाउन कठिन हुने सेवा र सुविधामा सहज पहुँच सुनिश्चित गराउने अब हाम्रो भिजन हुने बताउँदै उनले एनसेल हामी तपाईंकै लागि हो र अझै धेरै वर्ष निरन्तर यात्राका लागि प्रतिबद्ध छौं,’ भन्ने परिकल्पना गरिएको जानकारी गराए ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवका अवसरमा विभिन्न योजना अघि सारेको जनाएको छ । एनसेलले आफ्नो १८औं वार्षिकोत्सवका अवसरमा सामुदायस्तरमा लागू हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात् १८ का लागि १८ कार्यक्रम सुरु गरेको घोषणा गरेको हो ।

यसअन्तर्गत एनसेलले सातवटै प्रदेशका गैरनाफामूलक संस्थाबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको छ ।

यस योजनामा सहभागी हुन इच्छुक संस्थाले एनसेलको वेवसाइटमार्फत आवेदन दिन सक्नेछन् । निश्चित मापदण्ड र प्रक्रिया पु¥याएर छानिने त्यस्ता सिएसआर आयोजनाका लागि कम्पनीले प्रतिपरियोजना १० लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.