काठमाडौं
नेपाली महिलाहरुको महान चाड हरितालिका तीजकाे अवसरका सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पनि आफ्ना महिला कर्मचारीलाई तीज विशेष उपहार प्रदान गरेको छ । बैंकले उपहार स्वरुप स्वास्थ्य सम्बन्धि सामाग्री प्रदान गरेको हो ।
बैंकको १८८ शाखामा कार्यरत ८ सय भन्दा बढी महिला कर्मचारीलाई सो उपहार प्रदान गरिएको बैंकका प्रमुख प्रशासकिय अधिकृत ९सिएओ० नारायण राज अधिकारीले बताए ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना महिला कर्मचारीलाई स्यानिटरी प्याड, स्यानिटरी लाइनर, वेट टिस्यु, चकलेट लगायतको गिफ्ट प्याक बाढेको हो ।
महिला स्थायी तथा अस्थायी कर्मचारी, महिला सेक्युरीटी गार्ड, म्यासेन्जर लगायतलाई सो उपहार दिइएको बैंकले जनाएको छ । यस अघि बैंकले दर खुवाउँदै आएकोमा यो पटक भने उपहार समेत दिइएको जनाएको छ । हरि तालिका तीज यहि असोज १ गते परेको छ ।
नेपाल बहुजातीय र बहुसांस्कृतिक देश भएकाले आफ्नो धर्म संस्कृति अनुसार मनाइने तीजको अवसरमा सरकारले महिलाहरुका लागि मात्र सो दिन बिदा दिँदै आएको छ ।
सिटिजन्स बैंकको कोशी प्रदेशमा २७, मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५०, गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा ८ शाखा सञ्चालनमा छन् । सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४३ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिब १६ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।