(सिजनल भिसा) कामदार पठाउने सम्बन्धमा हालसम्म नेपाल सरकार र कोरियाली सरकारबीच कुनै पनि सम्झौता नभएको मन्त्रालयको स्पष्ट

Everest Fuji News २०८० भदौ २२ मा प्रकाशित       Published at 2023 Sep 08


काठमाडौं 

 श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी भिसामा (सिजनल भिसा) कामदार पठाउने सम्बन्धमा हालसम्म नेपाल सरकार र कोरियाली सरकारबीच कुनै पनि सम्झौता नभएको स्पष्ट पारेको छ।सर्वसाधरणबाट पैंसा उठाउन केन्द्रदेखि स्थानीय तहका नेताहरू संलग्न रहेको पाइएको छ। इलाम, झापा, दाङ, बाँके, सुनसरीलगायतका विभिन्न जिल्लाहरूबाट मानव तस्करहरूले सिजनल भिसामा दक्षिण कोरिया लैजाने भन्दै रकम उठाउँदै आएका छन्।मन्त्रालयका सह-सचिव तथा प्रवक्ता डण्डुराज घिमिरेले बिहीबार विज्ञप्ति जारी गर्दै मौसमी कामदार पठाउने सम्बन्धमा दुई देशबीच कुनै सम्झौता नभएको स्पष्ट पारेका छन्। सोही विषयलाई लिएर मन्त्रालयले मौसमी कामदार पठाउने सम्बन्धमा दुई देशबीच कुनै समझदारी नभएको र सार्वजनिक भएको प्रेस विज्ञप्ति नक्कली भएको स्पष्ट पारेको हो।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.