काठमाडौँ ।
‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना कार्यक्रम नबिल बैंकले ल्याएको छ । यो योजना अन्तर्गत बैंकले २० वर्ष सम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने जनाएको छ ।यसमा नबिलले दुई स्थिर ब्याजदरमा सुलभ कर्जा ल्याएको छ । जसमा ७ वर्षको लागि प्रति वर्ष १०.९९ प्रतिशत र १० वर्षको लागि प्रति वर्ष ११.९९ प्रतिशत स्थिर ब्याजदर राखिएको छ ।नबिल बैंकका पर्सनल लेन्डिङ युनिट प्रमुखका अनुसार यस योजना अन्तर्गत घरधनीले आफ्नो कर्जा अवधिभर तोकिएको सुलभ ब्याजदरमा आश्वस्त हुन सक्ने उनले बताइन् ।
बैंकका अनुसार नबिल ढुक्क घर कर्जाले पहिलो पटक घर खरिद गर्नेलाई ७० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ भने अन्यले झन्झटरहित कर्जा प्रक्रियामा ६० प्रतिशतसम्म वित्तीय सुविधाको फाइदा लिन सक्नेछन् ।यस घर कर्जा सुविधा लिनको लागि सेवाग्राहीले नजिकैको नबिल बैंकको शाखामा सम्पर्क गर्न सक्नेछन् ।