अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले शुक्रबार बिहान चिनियाँ नागरिक लि जियालिन र लि फुयानलाई पक्राउ परेका दुई चिनियाँ छुटेका छन् । तस्कर समूहसँग सम्बन्ध नदेखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरूलाई सामान्य सोधपुछ गरेर छाडेको हो ।
राजश्व अनुसन्धान विभागको पत्रअनुसार उनीहरू अध्यागमनको कालोसूचीमा थिए । तर, सुन तस्करी गर्ने समूहसँग संलग्नताको प्रमाण नभेटिएपछि छाडिएको सिआइबीका एक उच्च अधिकारीले बताए ।