एनसेलले देशका विभिन्न नयाँ ठाउँहरूमा आफ्नो सेवा विस्तार र गुणस्तरलाई थप सुधार गर्दै ३३८ मोबाइल टावरहरू जडान गर्‍यो

Everest Fuji News २०८० श्रावण २६ मा प्रकाशित       Published at 2023 Aug 11


एनसेल आजियाटा लिमिटेडले देशका विभिन्न नयाँ ठाउँहरूमा आफ्नो सेवा विस्तार र गुणस्तरलाई थप सुधार गर्दै ३३८ नयाँ बेस ट्रान्ससिभर स्टेशन (बिटिएस) अर्थात् मोबाइल टावरहरू जडान गरेको छ।

यी टावरहरू गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीको सेवा विस्तार तथा सुधार अभियानअन्तर्गत जडान गरिएका हुन्।

फोरजी सेवाको पहुँचबाट स्थानीयलाई लाभ प्रदान गर्न पहिलो पटक सेवा विस्तार गरिएका नयाँ स्थानहरूमा हिमाली, पहाडी र तराई भेगका ५५ ग्रामीण तथा दुर्गम ठाउँहरू पर्छन्।

यसरी पहिलो पटक फोरजी सेवा विस्तार गरिएका नयाँ स्थानहरूमा उत्तरगया गाउँपालिका (रसुवा), ठाटीकाँध गाउँपालिका (दैलेख), दुर्गाथली गाउँपालिका (बझाङ), जन्तेढुङ्गा गाउँपालिका (खोटाङ) का ग्रामीण इलाका र इनरुवा नगरपालिकाका नयाँ स्थानहरू लगायतका ठाउँहरू हुन्।

गत आर्थिक वर्षमा नै एनसेलले आफूले प्रदान गर्दै आएको सेवाको गुणस्तर सुधार र ग्राहकको सेवा अनुभव अभिवृद्धि गर्न २८३ नयाँ टावरहरू गरेको थियो। यी मोबाइल टावरहरू सातै प्रदेशका ५० भन्दा बढी जिल्लामा जडान गरिएको थियो।

लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, मधेश प्रदेशलगायतका स्थानमा अधिकांश साइट जडान भएका छन्।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.