सिलिगुडीबाट काठमाडौँ चल्ने रात्री बसमा भन्सार छली गरेर ल्याउँदै गरेको लाखौं मूल्य बराबरको सामान बरामद

Everest Fuji News २०८० श्रावण १९ मा प्रकाशित       Published at 2023 Aug 04



भारतको सिलिगुडीबाट काठमाडौँ चल्ने रात्री बसमा भन्सार छली गरेर ल्याउँदै गरेको लाखौं मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ ।
बुधबार अपरान्ह ५ बजेको समयमा सीमामा जाँच गर्ने क्रममा दुई लाख ७० हजार ३ सय ५० रुपैयाँको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोलीले पूर्वी नाकाको भन्सार गेटमा जाँच गर्ने क्रममा डब्लु बि १९ एल ६१६१ भारतीय नम्बरको बसबाट उक्त सामान बरामद भएको उनले बताए ।
बसमा गाडी छोप्ने कवर २३ थान, सुटकेस ग्लोब एक प्याकेट, जुत्ता ९ जोर, चप्पल ३ जोर, जिन्स पेन्ट एक थान, लेडिज ब्याग ३ थान, हाप पाइन्ट १८ थान, जम्पट एक थान, भेष्ट ५ थान, बिजुलीको तार ५ रोल र गाडीको हर्न ३७ थान रहेको उनले जानकारी दिए ।
दुई देशबीचको यातायात सम्बन्ध विस्तार गर्ने उद्देश्यले भारतको सिलिगुडीबाट काठमाडौँसम्म बस सेवा गत वर्षदेखि सञ्चालनमा आएको थियोे ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.