डेंगी संक्रमण फैलिरहेको धरानमा उपमहानगरपालिका र प्रभावित वडाहरूले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

Everest Fuji News २०८० श्रावण १६ मा प्रकाशित       Published at 2023 Aug 01



 डेंगी संक्रमण फैलिरहेको धरानमा उपमहानगरपालिका र प्रभावित वडाहरूले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन ।
डेंगी प्रभावित अधिकांश वडाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा गरेका हुन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेन्ट्रल इमर्जेन्सी, निःशुल्क डेंगी क्लिनिक र अस्पतालले संक्रमितको चाप धान्न सकेका छैनन् ।
डेंगी प्रभावित धरान–१३, १४, १५ १६, १७, १८ लगायत वडामा हिजो देखि निःशुल्क स्वास्थ्य जाँचसँगै औषधि वितरण थालिएको छ । उपमहानगगरले पनि सर्वसाधारणका लागि धरान–८ स्थित सभागृह र उपमहानगरको कार्यालय परिसरमा निःशुल्क परीक्षण र औषधि वितरण सुरु गरेको उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.