एक आर्थिक वर्षमा अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकले दुई पटकमा पाँच हजार अमेरिकी डलर सटही सुविधा

Everest Fuji News २०८० श्रावण १२ मा प्रकाशित       Published at 2023 Jul 28


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७९ मा संशोधन गरी  भारत बाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकले अब एक आर्थिक वर्षमा दुई पटक अमेरिकी डलर सटही गर्न पाउने भएका छन् ।  एक पटकमा २५ सयका दरले दुई पटकमा पाँच हजार अमेरिकी डलर सटही सुविधा गर्नसक्ने व्यवस्था गरेको हो ।

यसअघि अमेरिकी डलर १५ सयसम्म सटही गर्ने सुविधा थियो । यो नियम आज (शुक्रबार)देखि लागु हुने बताइएको छ । आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म यस्तो सुविधा लिन सकिने छ ।

तर, वैदेशिक रोजगारीमा जानेलाई भने सटही सुविधा अमेरिकी डलर २०० सम्म रहेको छ । 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.