पछिल्लो पाँच वर्षमा सुनको मूल्य दोब्बर,सुनको मूल्य अझै बढ्ने व्यवसायीको अनुमान

Everest Fuji News २०८० श्रावण १० मा प्रकाशित       Published at 2023 Jul 26


काठमाडौं


पछिल्लो पाँच वर्षमा सुनको मूल्य दोब्बर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २०७५ साउन १० मा प्रतितोला ५६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य ५ वर्षपछि आज (२०८० साउन १०) मा १ लाख १२ हजार ७०० रुपैयाँ तोकिएको छ । यो ५ वर्षअघिको मूल्यभन्दा करीब दोब्बर हो ।

यो ५ वर्षमा सुनको मूल्यमा उतारचढाव देखिए पनि पछिल्लो केही महीनादेखि सुनको मूल्य लाखमाथि रहँदै आएको छ ।

गत वर्षको पुस १ गते प्रतितोला ९९ हजार ९०० मा कारोबार भएको सुन त्यसयता तोलाको लाखमाथि नै छ । सुनको मूल्यमा नयाँ रेकर्ड पनि यही महीनामा कायम भएको छ । यही साउन ४ गते सुन तोलाको १ लाख १३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य अझै बढ्ने व्यवसायीको अनुमान छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.