सुन तस्करीको विषयमा संसदबाटै एमालेले सरकारको जवाफ माग्ने

Everest Fuji News २०८० श्रावण १० मा प्रकाशित       Published at 2023 Jul 26


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीको विषयमा संसदबाटै सरकारको जवाफ माग्ने भएको छ ।

आज बुधवार बसेको संसदीय दलको बैठकले सरकारले सुन तस्करीको गहिराइमा गएर अनुसन्धान गर्नुको साटो भाषणबाजी मात्रै गरिरहेको भन्दै सरकारको स्पष्ट जवाफ माग्ने निर्णय गरेको प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न व्यक्ति र दललाई आरोप लगाउँदै हिँड्ने तर अनुसन्धान अघि नबढाउने काम गरिरहेकाले तस्करीमा सरकारकै संलग्नता त छैन भनेर एमालेले प्रश्न सोधेको छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.