इटहरी उपमहानगरपालिकाले चालु शैक्षिक वर्षमा शिक्षा क्षेत्र सुधारका लागि एक्सनमा उत्रिने

Everest Fuji News २०८० श्रावण ८ मा प्रकाशित       Published at 2023 Jul 24


इटहरी उपमहानगरपालिकाले चालु शैक्षिक वर्षमा शिक्षा क्षेत्र सुधारका लागि स्थानीय शिक्षा ऐन, २०८० लागु गरेर इटहरीका मेयर हेमकर्ण पौडेल शिक्षा सुधार अभियानमा लागि परेका छन् । इटहरीको शिक्षा क्षेत्रलाई व्यापक सुधार आवश्यक भएको भन्दै मेयर पौडेल एक्सनमा उत्रिएका हुन ।

इटहरीमा रहेको ३७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई बोलाएर राजनीति नगर्न मेयर पौडेलले निर्देशन दिएका छन् । मेयर पौडेलले सबभन्दा पहिला राजनीतिक दलहरूमा आबद्ध शिक्षकहरूलाई दलको सक्रिय राजनीति गर्ने भए पढाउन छोड्न चेतावनी समेत दिएका छन् । ’शिक्षामा राजनीति नहुने हो भने सामुदायिक विद्यालयहरू अझै पनि राम्रो बनाउन सकिन्छ,’ मेयर पौडेल भन्छन् ।

मेयर पौडेलले शिक्षकहरू समयमा विद्यालय नजाने र समय अवधिभर नपढाउने गुनासो बढेको भन्दै समयमा विद्यालय नजानेलाई कारबाही गरिने समेत बताए । पोसाक नलगाई विद्यालय आउनेहरूको पोसाक भत्ता समेत कटौती गर्ने मेयर पौडेलको भनाई थियो ।

हिजो विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको भेला राखेर विद्यालय सुधारमा लाग्न निर्देशन दिएका हुन । व्यवस्थापन समितिका सबै अध्यक्षहरूलाई मेयर पौडेलले विद्यालय सुधार्न सबैलाई सक्रिय रूपमा लाग्न मेयर पौडेलको निर्देशन थियो । उपमहानगरले भौतिक संरचना सँगै आवश्यक बजेट विनियोजन गर्न उपमहानगरपालिका तयार छ तर शिक्षामा व्यापक सुधार हुनु प¥यो मेयर पौडेलले अध्यक्षहरू सँग भने ।

जनता माध्यमिक विद्यालय इटहरीका व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले पाँच वर्ष अगाडी सम्म स्थानीय सरकारको बेबस्तामा रहेको विद्यालयलाई अहिले चासोको साथ हेरेको भन्दै खुसी व्यक्त गरे । अहिलेको मेयर साबले शिक्षालाई निकै महत्वका साथ हेर्नु भएको छ हामी मेयर साबलाई साथ दिन तयारी छौ अध्यक्ष दंगालले भने ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.