मेडिकलहरूको अनुगमन गर्न पुगेको टोलीलाई मेडिकल व्यवसायीको अवरोध

Everest Fuji News २०८० श्रावण ८ मा प्रकाशित       Published at 2023 Jul 24


सुनसरी

सुनसरीको सदरमुकाम इनरुवामा रहेका मेडिकलहरूको अनुगमन गर्न पुगेको टोलीलाई मेडिकल व्यवसायीहरूले अवरोध गरेका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृतको टोलीलाई स्थानीय मेडिकल व्यवसायीहरूको टोलीले अवरोध गरेका हुन् ।

अनुगमनका क्रममा कागज पत्र जाँच गर्ने क्रममा मेडिकल व्यवसायीले अनुगमन गर्न गएको टोलीलाई मेडिकल हलभित्रै थुन्ने प्रयास गरेका थिए ।

मेडिकल सञ्चालकहरूले अनुगमन गर्न पुगेको टोलीलाई विराट डाइग्लोसिसस मेडिकल हलमा अनुगमन गर्ने क्रममा अवरोध गरेको इनरुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट देवराज घिमिरेले बताए । अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत केशव खतिवडा, स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईं, जिल्ला अस्पताल इनरुवाका मेसु घिमिरेलगायत टोलीलाई अवरोध गरेपछि उनीहरू अहिले जिल्ला प्रशासन कार्यलयमा छलफलका लागि गएका छन् । मेडिकल व्यवसायीहरूले इनरुवास्थित अस्पताल चोकमा नाराबाजी गरिरहेका छन् ।

अनुगमन टोलीले इनरुवा नगरपालिकाका उपमेयर विनिता मेहताको मेडिकलमा समेत जाँच गरेको थियो । जाँचको क्रममा उपमेयरका श्रीमान् योगेन्द्र मेहतासँग विवाद भएको थियो । विवादपछि अर्को मेडिकलमा अनुगमन गर्न गएका बेला उपमेयरका श्रीमान् योगेन्द्रको नेतृत्वमा अनुगमन टोलीलाई दुव्र्यवहार गर्नुका साथै अवरोध गरेको मेसु घिमिरेले बताए ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.