चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक

Everest Fuji News २०८० श्रावण ७ मा प्रकाशित       Published at 2023 Jul 23


नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याइएको उल्लेख गरेको छ ।

मूल्यवृद्धिलाई साढे छ प्रतिशतभित्र कायम राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै शेयर बजार र घरजग्गा कारोबारमा मौद्रिक नीतिले धेरै परिवर्तन गरेको छैन । पहिलो आवासीय घर कर्जाको सीमा एक करोड ५० लाखलाई बढाएर दुई करोड रुपैयाँ पु¥याउने उल्लेख छ । घरजग्गा धितोमा कर्जा लिँदा बजार मूल्यको अनुपातमा काठमाण्डौ उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य ठाउँमा बढीमा ४० प्रतिशतसम्म मात्रै लिन पाइने व्यवस्था यथावत् नै रहेको छ ।

नीतिमा बैंक तथा वित्तीय संस्थाको सुझावसमेतको आधारमा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने उल्लेख छ ।

यस्तै भारतबाहेक अन्य देशको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधाबापत एक वर्षमा दुई पटकसम्म १५ सय अमेरिकी डलरसम्म सटही सुविधा उपलब्ध गराइँदै आएकोमा अब वार्षिक २५ सय डलर पु¥याउने पनि उल्लेख छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.