सवारी साधन अनुमति पत्रको (स्मार्ट लाइसेन्स) समस्या चाँडै समाधान गर्ने : भौतिक पूर्वाधार तथा यातायातमन्त्री

Everest Fuji News २०८० श्रावण ७ मा प्रकाशित       Published at 2023 Jul 23


भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी साधन अनुमति पत्रको (स्मार्ट लाइसेन्स) समस्या चाँडै समाधान गर्ने बताएका छन्।

आइतबार सार्वजनिक सवारीसाधनमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाई अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले लाइसेन्स स्मार्टकार्डको समस्या चाँडै समाधान गर्ने र मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताए।

उनले यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र यात्रुमैत्री बनाउन ११ बुँदे घोषणा पत्र जारी गरिसकेको जानकारी दिए।

उनले इम्बोस्ड नम्बर प्लेट जडान गर्नेकुरामा पनि बेवास्ता गर्नु नहुने बताए। उनले यातायात व्यवस्था कार्यालय, विभागमा झन्झट व्यहोर्नु नपर्ने, दुःख पाउनु नपर्ने कुरामा सरकारले पहल गरिरहेको उल्लेख गरे। उनले सार्वजनिक यातायातमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाइ अभियानको सुरुवात हुनु महत्वपूर्ण रहेको बताए। उनले चालक, सहचालकहरूले राम्रो व्यवहार र बोलीले नै यात्रुहरू खुशी हुने स्पष्ट पारे। उनले यस अभियानले यात्रुमैत्री सार्वजनिक यातायात हुने अपेक्षा लिएको बताए।

‘लाइसेन्स स्मार्टकार्डका बारेमा धेरै गुनासाहरू छन्। हामी यो समस्यालाई छिटो भन्दा छिटो समाधान गर्ने र स्मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी हामीले तयारी गरेका छौँ। यसको लागि छलफल पनि गरेका छौँ। मुख्य रुपमा हामी लाइसेन्समा नै केन्द्रित छौँ, यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र यात्रुमैत्री बनाउन ११ बुँदे घोषणा पत्र जारी गरेका छौँ।

 त्यो लागू गर्नेछौँ। इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कुरामा रुची देखाउनुपर्छ, बेवास्ता गर्ने होइन, त्यसलाई अनिवार्य पनि बनाउनुपर्छ। सरकारको महत्वपूर्ण आयोजनाको रुपमा अघि बढेको यो कार्यक्रम सफल बनाउनुपर्छ।

यातायात व्यवस्था कार्यालय, विभागमा झन्झट व्यहोर्नु नपर्ने, दुःख पाउनु नपर्ने कुरामा हामीले पहल गरिरहेका छौँ, यसका लागि हामी सबै मिलेर अघि बढुनुपर्छ’, उनले भने, ‘एउटा महत्वपूर्ण अभियानको सुरुवात गरेका छौँ, सार्वजनिक यातायात भनेको जनताका यातायात हुन्।

आम जनताले उपभोग गर्ने सवारी साधनहरू सफा हुनुपर्छ, चालक, सहचालक, कर्मचारीहरूले ड्रेस लगाउने कुरा, परिचयको निम्ति पनि राम्रो हुन्छ, परिचय पत्र लगाउने कुरा हामीले अभियानको रुपमा अघि बढाएको छौँ। यो महत्वपूर्ण छ। सार्वजनिक यातायातमा सरसफाइको अभियान पनि हामीले सुरु गरेका छौँ। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.