करिब १ सय किलो सुन ओसार–पसारमा संलग्न आशंकामा एक जना पक्राउ

Everest Fuji News २०८० श्रावण ४ मा प्रकाशित       Published at 2023 Jul 20



काठमाडौं

अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन ओसार–पसारमा संलग्न आशंकामा एक जनालाई पक्राउ गरिएको छ । चीन जान लागेका लिङ चुवानलाई पक्राउ गरिएको अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले रातोपाटीलाई बताए ।

‘चिनियाँ नागरिकबारे शंका लागेको हुनाले नियन्त्रण गरिदिन आग्रह भएको थियो’ महानिर्देशक अधिकारीले भने– ‘ती चिनियाँलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएका छौँ ।’

बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद गरिएको करिब १ सय किलो सुन कारोबारमा उनी संलग्न रहेको विभागको आशंका छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.