इन्धनको मूल्य घटेसँगै भाडा समायोजन : यातायात व्यवस्था विभाग

Everest Fuji News २०८० श्रावण १ मा प्रकाशित       Published at 2023 Jul 17


काठमाडौं,
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा पनि घटाएको छ ।
स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएको थियो। मूल्य समायोजनसँगै यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको हो।
स्वचालित प्रणालीअनुसार डिजेलमा चार र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो। यसैलाई आधार बनाएर विभागले यात्रुवाहक सवारी साधनमा २ दशमलव १३ प्रतिशत भाडा घटाएको छ।
यसैगरी, मालवाहक सवारीमा पहाडमा २ दशमलव ७८ र तराईमा ३ दशमलव ०९ प्रतिशतले भाडा घटेको छ। घटेको भाडा आज सोमबारदेखि नै लागू हुने विभागले जनाएको छ।
यसअघि पनि विभागले इन्धनको मूल्य घटेसँगै भाडा समायोजन हुँदै आएको थियो। काठमाडौं उपत्यकामा चल्ने सवारीको भाडा भने घटेको छैन।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.