नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

Everest Fuji News २०८० असार १९ मा प्रकाशित       Published at 2023 Jul 04


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल र मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको हो।

निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५÷५ रुपैयाँ मूल्य घटाएको छ । त्यस्तै तराईमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ ।

अब काठमाडौं‚ पोखरा र दीपालयमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ। डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५०÷१५० रुपैयाँ पर्नेछ ।

त्यस्तै तराईमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६७.५ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४७.५÷१४७.५ रुपैयाँ पर्नेछ। सुर्खेत र दाङमा भने पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्नेछ। डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९÷१४९ रुपैयाँ पर्नेछ।

हवाइ इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फको इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा बाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको हो। खाना पकाउने (एलपी) ग्यासको मूल्य भने यथावत् छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.