मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा जेठ ३२ गते गर्ने

Everest Fuji News २०८० जेठ ११ मा प्रकाशित       Published at 2023 May 25


काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा जेठ ३२ गते गर्ने भएको छ । जेठ १० गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा दिब्यश्वरी पार्टी प्यालेस एण्ड क्याटरिङ्ग सर्भिस प्रा.लि मध्यपुर थिमी भक्तपुरमा गर्ने जानकारी दिएको हो ।

सभाले अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया तथा कार्य गर्ने अख्तियारी पूर्ण रुपमा सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायबाट संशोधन वा परिवर्तन गर्न निर्देशन भएमा सोही बमोजिम गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गरिने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ । सभाले सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक समितिका नयाँ सदस्यको नियुक्ति तथा अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले आर्थिक वर्ष २०७८/७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १८ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा जेठ १७ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन योग्य हुनेछन् । 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.