मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बैंकहरूले बचतको ब्याजदर घटाए

Everest Fuji News २०७९ चैत्र १ मा प्रकाशित       Published at 2023 Mar 15


बैंकहरूले आज १ चैत गतेदेखि मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको ब्याजदर घटाएका छन् ।फागुनमा बचतमा ६.४२ देखि ८.४२ प्रतिशत ब्याज दिएका बैंकहरूले चैतदेखि ६ देखि ८ प्रतिशत ब्याजदर कायम गरेका हुन् ।बैंकहरूले रेमिट्यान्स बचत र मुद्दतीमा भने १ प्रतिशत बिन्दुले थप ब्याजदर दिनुपर्ने राष्ट्र बैंकको व्वस्था अनुसार सोही ब्याजदर प्रकाशित गरेका छन् ।नेपाल बैंकर्स संघले चैतमा मुद्दती निक्षेपको यथावत राख्दै बचतको ब्याजदर घटाउने निर्णय गरेको थियो । सोही अनुसार बैंकहरूले बचतको ब्याजदर घटाएका हुन् ।स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याजदर भने यथावत छ । फागुनमा नै स्ट्यान्डर्ड चार्टर्डले बचतमा ६.४२ देखि ७.१५ प्रतिशत ब्याजदर दिएको थियो ।चैतमा पनि सोही ब्याजदरलाई निरन्तरता दिएको स्ट्यान्डर्ड चार्टर्ड बैंकले जनाएको छ ।यसअघि बचतमा ८.४२ प्रतिशत ब्याजदर दिएका अन्य बैंकले भने त्यसलाई घटाएर ८ प्रतिशत कायम गरेका छन् ।बैकहरूले बचतमा दिएको ब्याजदरको तल्लो सीमा र मुद्दती निक्षेपको माथिल्लो सीमा बिचको अन्तर ५ प्रतिशत बिन्दु भन्दा बढीले हुन नहुने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.